नेपालगन्ज १ जेठ : स्थानीय निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा ६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । तीन वटा पालिकामा यसअघि नै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए भने थप ३ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
हालसम्म डोल्पा, हुम्ला र दैलेखका ६ वटा पालिकाको निर्वाचन नतिजा सार्वजनिक भएको छ । जसमा समाजवादी र माओवादीले २/२, एमाले र काँग्रेसले १/१ स्थानीय तह जितेका छन् ।
डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भएका थिए भने छार्काताङसोङ गाउँपालिकामा सेनाङ गुरूङ अध्यक्षमा निर्विरोध भएका थिए ।
डोल्पाकै शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावा सम्डुक गुरूङ निर्विरोध भएका छन् ।
जगदुल्ला गाउँपालिकामा माओवादीबाट अध्यक्षका उम्मेदवार नारसिं रोकायाले ७७० मतसहित निर्वाचित भएका छन् । उनले एमालेका हेमबहादुर महतरालाई २४ मत पराजित गरेका छन् । उपाध्यक्षमा पनि माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर निर्वाचित भइन् ।
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छवि सुवेदी निर्वाचित भएका छन् । अघिल्लो स्थानीय चुनावमा जिल्लाभर एकजना मात्रै वडा सदस्य जित्न सफल माओवादीले यसपटक भने काँग्रेस र एमालेलाई हराउँदै गाउँपालिकाको अध्यक्ष नै जितेको छ ।
सुवेदीले ३ हजार २०० मत पाए भने काँग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत पाए । काँग्रेसका बुढामगर २०७४ को निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए ।
यस्तै, हुम्लाको खार्पुनाथमा नेपाली काँग्रेसले अध्यक्ष जितेको छ । अध्यक्षमा कर्णबहादुर रावल १ हजार ८१० मत ल्याए । अर्का उम्मेदवार नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत ल्याएका छन् । ७९ स्थानीय तह रहेको कर्णालीमा ७३ स्थानीय तहको मतगणना भने जारी छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा