कर्णालीका ६ स्थानीय तहको नतिजा, कसले कहाँ जिते ?


कर्णालीका ६ स्थानीय तहको नतिजा, कसले कहाँ जिते ?

नेपालगन्ज १ जेठ : स्थानीय निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा ६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । तीन वटा पालिकामा यसअघि नै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए भने थप ३ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

हालसम्म डोल्पा, हुम्ला र दैलेखका ६ वटा पालिकाको निर्वाचन नतिजा सार्वजनिक भएको छ । जसमा समाजवादी र माओवादीले २/२, एमाले र काँग्रेसले १/१ स्थानीय तह जितेका छन् ।

डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) प्रतिनिधि निर्विरोध चयन भएका छन् ।

काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भएका थिए भने छार्काताङसोङ गाउँपालिकामा सेनाङ गुरूङ अध्यक्षमा निर्विरोध भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

डोल्पाकै शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावा सम्डुक गुरूङ निर्विरोध भएका छन् ।

जगदुल्ला गाउँपालिकामा माओवादीबाट अध्यक्षका उम्मेदवार नारसिं रोकायाले ७७० मतसहित निर्वाचित भएका छन् । उनले एमालेका हेमबहादुर महतरालाई २४ मत पराजित गरेका छन् । उपाध्यक्षमा पनि माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर निर्वाचित भइन् ।

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छवि सुवेदी निर्वाचित भएका छन् । अघिल्लो स्थानीय चुनावमा जिल्लाभर एकजना मात्रै वडा सदस्य जित्न सफल माओवादीले यसपटक भने काँग्रेस र एमालेलाई हराउँदै गाउँपालिकाको अध्यक्ष नै जितेको छ ।

सुवेदीले ३ हजार २०० मत पाए भने काँग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत पाए । काँग्रेसका बुढामगर २०७४ को निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

यस्तै, हुम्लाको खार्पुनाथमा नेपाली काँग्रेसले अध्यक्ष जितेको छ । अध्यक्षमा कर्णबहादुर रावल १ हजार ८१० मत ल्याए । अर्का उम्मेदवार नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत ल्याएका छन् । ७९ स्थानीय तह रहेको कर्णालीमा ७३ स्थानीय तहको मतगणना भने जारी छ ।