मतगणनमा खटिएका कर्मचारीले बदमासी गरेको भन्दै बैजनाथको मतगणा स्थगित


मतगणनमा खटिएका कर्मचारीले बदमासी गरेको भन्दै बैजनाथको मतगणा स्थगित

File Photo

नेपालगन्ज १ जेठ : मतगणनामा खटिएका कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठेपछि बाँकेको बैजनाथ गाउँपालिकाको मतगणना स्थगित भएकोछ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्न कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएका हुन् ।

बैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाका अनुसार आईतबार बेलुकादेखि मतगणना स्थगित भएको छ ।

‘अहिले मतगणना स्थगित भएको छ, म तनावमा छु,’ टेलिफोनमा उनले भने । नेपाली काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधी देखिएपछि आफुहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेको बताए ।

कर्मचारी परिवर्तन नहुँदासम्म आफुहरु मतगणनामा सहभागी नहुने उनको भनाई छ । ‘मत गणनामा खटिएका कर्मचारीको गतिविधी पहिल्यैदेखी शंकास्पद थियो, उनीहरुले हाम्रा प्रतिनिधीको अनुपस्थितीमै मत परिणाम घोषणा गरिदिए, गणना गर्दाखेरी पनि उम्मेदवारको अंक घटबढ गराउन थालेपछि हामीले कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएका हौं,’ सभापति केसीले भने ‘भित्र कर्मचारीको शंकास्पद ब्यवहार छ, बाहिर एमालेका नेता कार्यकर्ताले एक मतले पनि हामी चुनाव जित्छौं भन्दै हुनुहुन्छ, हामीलाई शंका लागिरहेको छ ।’

Kanti Aarogya Hospital Nepalgunj

उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका सहायक निर्वाचन अधिकृत दानबहादुर ऐडी लगायत गणनामा संलग्न कर्मचारीको भुमिका शंकास्पद रहेको असन्तुष्ट दलले बताएका छन् ।

कर्मचारीले मतगणनामा बदमासी गरेको भन्दै निवेदन दर्ता गराएका छन् । उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका प्रकाशबहादुर शाही र निर्मला रोकायले अग्रता लिएका छन् । २०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमालेले जितेको थियो ।