नेपालगन्जमा एमालेले खाता खोल्यो, वडाअध्यक्षमा दोहोरिए रिजाल


नेपालगन्जमा एमालेले खाता खोल्यो, वडाअध्यक्षमा दोहोरिए रिजाल

नेपालगन्ज १ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेकोछ ।

स्थानीय तह निर्वाचन अन्र्तगत शुक्रबार भएको मतदान पश्चात भएको मत गणनामा नेपालगन्ज वडा नम्बर–१ मा नेकपमा एमालेबाट वडाअध्यक्षका उम्मेदवार प्रमोद रिजाल विजयी भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले कुल ७८१ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाका वडाअध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे । भने नेपाली काँग्रेसले ५८१ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो ।