मतगणना अपडेट : बाँकेको ८ पालिकामा कुन उम्मेदवारको कस्तो अवस्था ?


मतगणना अपडेट : बाँकेको ८ पालिकामा कुन उम्मेदवारको कस्तो अवस्था ?

नेपालगन्ज २ जेठ : बाँकेका बैजनाथ गाउँपालिका बाहेक ७ वटै स्थानीय तहमा मतगणना चलिरहेको छ । अहिलेसम्म नेपाली काँग्रेसले नेपालगन्जसहित ६ स्थानीय तहमा अग्रता लिइरहेको छ । यस्तै नेकपा एमालेले २ वटा स्थानीय तहमा अग्रता कायम गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका प्रशान्त विष्टले अग्रता लिएका छन् । उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्दिन राईले अग्रता लिइरहेका छन् ।

आईतबार अबेर राती सवा १२ बजेको अपडेट अनुसार नेपालगन्जमा नेपाली काँग्रेसका प्रशान्त विष्टले कुल ३ हजार ७९६ मत प्राप्त गर्दै अग्र स्थानमा रहेकाछन् । भने उनलाई नेकपा एमालेका पशुपति दयाल मिश्र र राप्रपाका नन्दलाल वैश्यले पछ्याइरहेकाछन् । उनीहरुको क्रमश एक हजार ७५१ र एक हजार ७०७ मत रहेकोछ ।

यस्तै नेपालगन्जको उपप्रमुखमा गठबन्धनका उम्मेदवार जसपाका कमरुद्दिन राई २ हजार ८४५ मतले अगाडी छन् । भने उनलाई राप्रपाकी विन्दु चर्तीमगरले पछ्याइरहेकी छन् । विन्दुको एक हजार ७७४ मत रहँदा नेकपा एमालेकी शान्तिदेवि ढकालको एक हजार १९० मत रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोहलपुर नगरपालिकामा नगर प्रमुख पदमा नेपाली काँग्रेसका पूर्णप्रसाद आचार्य र उपप्रमुख पदमा काँग्रेसकै संगिता सुवेदीले अग्रता लिएकी छन् ।

काँग्रेसका आचार्यले एक हजार ६६४ मत प्राप्त गरेकाछन् । भने नेकपा एमालेका खीलप्रसाद भुसालले एक हजार १९९ र नेकपा माओबादीका नरेन्द्र न्यौपानेले एक हजार १२५ मत प्राप्त गरेकाछन् ।

यस्तै उपप्रमुखमा काँग्रेसकी सुवेदीले एक हजार ६७१ मत प्राप्त गर्दै अग्र स्थानमा रहेकी छन् भने नेकपा एमालेकी अस्मिताकुमारी थारुले एक हजार २७४ र नेकपा माओबादीकी नारायणी ओलीले ५८९ मत प्राप्त गरेकी छन् ।
यसैगरी डुडुवा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा काँग्रेसकै साहिदा बानोले अग्रता लिएकी छन् ।

नरेन्द्रले एक हजार ५९९ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकाछन् । भने नेकपा एमालेकी श्रीमती सरोजकुमारी यादव एक हजार १७५ तथा जसपाका भण्डारीलाल अहिरले ५५८ मत प्राप्त गरेकाछन् ।

डुडुवाको उपाध्यक्षमा काँग्रेसकी शाहिदा बानोले ९३३ मत प्राप्त गरेकी छन् । भने नेकपा एमालेका शकिल अहमद खाँले ८२१ र जसपाकी तरन्नुम बानोले ३४६ मत प्राप्त गरेकीछन् ।

जानकी गाउँपालिका अध्यक्ष पदमा काँग्रेसका छब्बन खाँ र रामप्यारी यादवले अग्रता लिएका छन् ।

छब्बनले एक हजार ६८२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकाछन् । भने जसपाका राजिवकुमार कुर्मीले ८९७ र नेकपा एमालेका हिमान्शु यादवले ८७१ मत प्राप्त गरेकाछन् ।

उपाध्यक्षमा काँग्रेसकी रामप्यारी यादवले एक हजार ६९७ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् । भने नेकपा माओबादीका रक्षाराम कुर्मी ८०१ र नेकपा एमालेकी भुमिसरा धितालले ५५४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै बैजनाथ गाउँपालिकाको अध्यक्षमा प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकायले अग्रता लिएका छन् । आईतबार बेलुकादेखि बैजनाथमा मतगणना स्थगित भएकोछ ।

यद्यपी मतगणना स्थगित हुनु अघि प्राप्त मतअनुसार शाहीले २ हजार ५२४ मत प्राप्त गर्दै अग्रता लिएकाछन् । भने नेकपा एमालेका घननाथ खनालले २ हजार ३१९, राप्रपाका तारकसिंह थारु ६४३ र नेकपा माओबादीका दीपेन्द्रबहादुर शाहले ५०२ मत प्राप्त गरेकाछन् ।

उपाध्यक्षमा काँग्रेसकी रोकायले २ हजार ४५४, नेकपा एमालेकी प्रेमपूर्ण योगीले २ हजार ४०८, राप्रपाकी जयलक्ष्मी शाहले ५७२ र नेकपा माओबादीका टंकर नाथ योगीले ४४८ मत प्राप्त गरेकाछन् ।

नरैनापुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामचन्द्र मौर्य र उपाध्यक्षमा अतिकुन निसाले अग्रता लिइरहेका बेला शनिबार राती मतगणना स्थगित भएको थियो । यो समाचार तयार पार्दासम्म मतगणना सुरु भएको छैन । यद्यपी यहाँ जसपाका इश्तियाक अहमद शाहले ३९३, काँग्रेसका रामचन्द्र मौर्यले ३१६ र नेकपा एमालेकी पदमावती यादवनीले १९२ मत प्राप्त गरेकाछन् ।

उपाध्यक्षमा नेकपा एमालेका पंचराम यादवले ३६१, जसपाकी जयान्तिदेवी श्रीवास्तवले ३५९, काँग्रेसकी अतीकुन निसाले ३०६ र नेकपा माओबादीकी शबिना बेगम मुकेरीले २ सय मत प्राप्त गरेकी छन् ।
राप्तीसोनारी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रामदास थारु र उपाध्यक्षमा एमालेकै चमेली बागबलले अग्रता लिएका छन् ।

नेकपमा एमालेका रामदास थारुले ५ हजार ६१५ मत प्राप्त गर्दै अग्रता लिएकाछन् । भने नेपाली काँग्रेसका तप्तबहादुर पौडेलले ५ हजार ४९० र नेकपा माओबादीका पट्टु थारु ३ हजार ७३० मत प्राप्त गरेकाछन् ।

उपाध्यक्षमा नेकपा एमालेकी चमेलीकुमारी बाकवलले ५ हजार ६८८, काँग्रेसकी मनिषासिंह थारुले ५ हजार ४५९ र नेकपा माओबादीकी मन्जुकुमारी रोकायले ३ हजार ३६१ मत प्राप्त गरेकी छन् ।

खजुरा गाउँपालिकाको अध्यक्षमा एमालेका सुमन मल्ल र उपाध्यक्षमा ताजरुन निसाले अग्रता लिएका छन् ।

सुमनले ४ हजार २१९ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकाछन् । भने गठबन्धनका उम्मेदवार डम्बरबहादुर विक तुफानले ३ हजार ३९० मत प्राप्त गरेकाछन् ।

उपाध्यक्षमा नेकपा एमालेकी ताजरुन निसाले ३ हजार ६२८ मत प्राप्त गरेकीछन् भने गठबन्धनकी उम्मेदवार मन्जु मल्लले ३५ सय मत प्राप्त गरेकीछन् ।