दुई नगरसहित ३९ पालिकाको नतिजा : एमाले पहिलो, काँग्रेस दोस्रो


दुई नगरसहित ३९ पालिकाको नतिजा : एमाले पहिलो, काँग्रेस दोस्रो

नेपालगन्ज २ जेठ : देशभर ३९ पालिकामा मत परिणाम आएको छ । २ नगरपालिकासहित ३९ पालिकाको परिणाममा एमाले पहिलो रहेको छ । २ वटा नगरपालिकाको परिणाममध्ये एउटामा एमाले र एकमा कांग्रेस विजयी भएको छ । दोस्रोमा नेपाली काँग्रेस रहेको छ भने तेस्रोमा माओवादी केन्द्र रहेको छ ।

एमालेले डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा धाव सम्डुक गुरुङ, मनाङको चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र बहादुर घले विजयी हुँदा उपाध्यक्षमा काँग्रेसकी मिङमार डोमा लामा विजयी भइन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट, मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले विजयी हुँदा उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ विजयी भए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजिन नामगेल गुरुङ, उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ विजयी भएकी छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष टसी न्हुर्वु गुरुङ, उपाध्यक्षमा एमालेकै छयुमी विष्ट गुरुङ, सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा मिङमा छिरी शेर्पा, उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा विजयी भइन । भने नवलपुरको बौदीकाली गाउँपालिकामा प्रकाश ओझा विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी डिल कुमारी केसी विजयी भएकी छन् ।

बाजुराको साइपल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै डोल्मा तमाङ विजयी भएकी छन् । बझाङको थलारागाउँपालिकामा एमाले विजयी भएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसका रामबहादुर खाती विजयी भए ।

Kids Festival 2022
kanti aarogya hospital
add

मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदीप गौचनले विजयी भएका छन् । म्याग्दीको मालिका गाउँपालिकामा बेगप्रसाद गर्बुजा विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी भएकी छन् । तेह्रथुमको मेन्छयामेम गाउँपालिकामा एमालेका यादव बहादुर खापुङ र उपाध्यक्षमा नेपाली काँग्रेसकी तीतादेवी तिम्सिना विजयी भएकी छन् ।

स्याङजाको हरिनास गाउँपालिकामा एमालेका निवर्तमान अध्यक्ष खिमनारायण मानन्धर र उपप्रमुखमा एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । दार्चुलाको माहाकाली नगरपालिकामा एमालेका नर सिंह चैंसिर र उपप्रमुखमा एमालेकै दुर्गा कुमारी खत्री विजयी भए ।

नेपाली काँग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कोन्जो तेन्जिङ लामा र उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भए । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली काँग्रेसका मोहन सिंह लालचन र उपाध्यक्षमा काँग्रेसकी जमुना थापा मगर विजयी भइन् ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा काँग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ विजयी भए । गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा काँग्रेसका सरोज कुमार थापा विजयी भए ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा काँग्रेसका खिलध्वज पन्थी विजयी भए । उपप्रमुखमा पनि काँग्रेसकै अमृता देवी कुँवर विजयी भइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका गठबन्धनबाट अध्यक्षमा काँग्रेसका कर्ण बहादुर रावल र उपाध्यक्षमा माओवादीका ज्ञान बहादुर सिंह विजयी भए ।

डोटीको बडी केदार गाउँपालिकामा काँग्रेसका भैरवबहादुर साउद र उपाध्यक्षमा पनि काँग्रेसकी डम्मरी कुमारी विष्ट विजयी भए । बाग्लुङको तमानखोला गाउँपालिकामा काँग्रेसका जोकलाल बुढा र उपाध्यक्षमा काँग्रेसकै हिरा कुमारी छन्त्याल विजयी भएकी छन् ।

बाजुराको स्वामी कार्तिक गाउँपालिकामा काँग्रेसका भरत बहादुर रोकाय र उपाध्यक्षमा काँग्रेसकै मैना जोशी, सोलुखुम्बूको लिखुपिके गाउँपालिकामा मिनादेवी कार्की र उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पा विजयी भएकी छन् ।
माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नारासिंह रोकाया र अमरिता बोहरा विजयी भएकोछ ।

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकाल्दा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) विजयी भएका हुन् ।

बाग्लुङको ताराखोला गाउँपालिकामा धन बहादुर विक विजयी भए । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई र उपाध्यक्षमा काँग्रेसका पुष्पलाल राई विजयी भएका छन् । खोटाङको जन्ते ढुंगा गाउँपालिका प्रमुखमा माओवादीकी अरुणा देवी राईले र उपाध्यक्षमा काँग्रेसका खेमबहादुर खड्का निर्वाचित भए ।

रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा माओवादीका ऋषिकेशव बुढामगर, धामी र उपाध्यक्षमा काँग्रेसका जगतसिंह ठगुन्ना, हुम्लाको ताजाकोट गाउँपालिका माओवादीबाट लालकेस जैसी र गोरखाको अजिरकोट गाउँपालिका अध्यक्षमा माओवादीका दीपक देवकोटा विजयी भएका हुन् । अजिरकोट गाउँपालिका १, २ र ३ वडामा माओवादी विजयी भएको छ । ४ नम्बर वडामा काँग्रेस विजयी भएको छ । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अनिता भुजेल विजयी भएकी छन् ।

नेकपा माओवादी केन्द्रले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ। माओवादीबाट पालिका अध्यक्षका उम्मेदवार असिम राई विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका वीरबहादुर गुरुङलाई पराजित गरे।

यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई निर्वाचित भइन्। उनले कांग्रेसकै एककुमारी बस्नेत कार्कीलाई पराजित गरेकी छन्। सो पालिकाको ७ र ९ वडामा माओवादी विजयी भएको छ। एकीकृत समाजवादीबाट डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना र उपाध्यक्षमा काँग्रेसका निमा बुढा निर्विरोध भए । डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा सोनाङ गुरुङ निर्विरोध भए ।