नरैनापुरमा जसपालाई पछ्याउँदै काँग्रेस, ८३ मतले पछि


नरैनापुरमा जसपालाई पछ्याउँदै काँग्रेस, ८३ मतले पछि

नेपालगन्ज २ जेठ : पछिल्लो मतगणना अनुसार बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी(जसपा)का इस्तियाक अहमद शाहले सुरुवाती अग्रता लिएका छन् ।

शाहले ४८३ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका रामचन्द्र मौर्यले ४०० र नेकपा एमालेकी पदमावती यादवनीले २१८ मत प्राप्त गरेकीछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी अतिकुन निसाले सुरुवाती अग्रता लिएकी छन् । उनले ३२४ मत प्राप्त गरेकी छन् । भने जनता समाजवादी पार्टी(जसपा)की जयन्तिदेवी श्रीवास्तवले ३०६ र नेकपा एमालेका पञ्चराम यादवले २३५ मत प्राप्त गरेका छन् । नेकपा माओबादी केन्द्रका शबिना बेगम मुकेरीले २१२ मत प्राप्त गरेकीछन् ।