राप्तीसोनारी(बाँके) २ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसका तप्त पौडेलले नेकपा एमालेका रामदास थारुलाई उछिनेका छन् ।
काँग्रेसका पौडेलले कुल ८ हजार ३ सय ७५ मत प्राप्त गर्दै एमालेका थारुलाई २३७ मतले उछिनेका हुन् । काँग्रेसबाट पौडेल र एमालेबाट थारु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचनमा होमिएका थिए ।
पौडेलका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदासले ८ हजार १ सय ३८ मत प्राप्त गरेकाछन् । उनी दुईबीचको मतान्तर २३७ रहेकोछ ।
यस्तै नेकपा माओबादीका पट्टु थारुले ७ हजार ६१३ र राप्रपाका भुपेन्द्रबहादुर ओली क्षेत्रीले एक हजार ८७ मत प्राप्त गरेकाछन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी मनिषासिंह थारुले अग्रता लिएकीछन् । उनले ८ हजार ३९७ मत प्राप्त गरेकी छन् । भने नेकपा एमालेकी चमेलीकुमारी बाकवलले ८ हजार २७४ मत प्राप्त गरेकी छन् ।
यस्तै नेकपा माओबादी केन्द्रकी मन्जुकुमारी रोकायले ७ हजार १३२ र राप्रपाकी शोभा डिसीले एक हजार १७३ मत प्राप्त गरेकी छन् । हाल राप्तीसोनारी ५,६ र ७ वडाका मत गणना जारी रहेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?