माओबादीले जितेको बारबर्दिया नगरपालिका काँग्रेसको पोल्टामा


माओबादीले जितेको बारबर्दिया नगरपालिका काँग्रेसको पोल्टामा

नेपालगन्ज २ जेठ : बर्दियाको बारबर्दिया नगरपालिकाको प्रमुख र उपप्रमुख नेपाली काँग्रेसले जितेकोछ । प्रमुख र उपप्रमुख दुबै पद काँग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले बारबर्दिया नगरपालिका जितेको थियो । तर, यसपटक नेपाली काँग्रेसका उम्मेदवारसित पारजीत भयो ।

बारबर्दिया नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका छबिलाल थारु निर्वाचित भए भने उपप्रमुखमा रत्नकुमारी पाण्डे विजयी भएका छन् ।

थारुले १३ हजार ६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३५१ मत पाए । भने माओवादी केन्द्रका उम्मेदवार दशरथ थारु ९ हजार १०९ मतमै चित्त बुझाउनु प¥यो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैरी उपप्रमुख पदमा काँग्रेसकै रत्नकुमारी पाण्डे १२ हजार ४९१ मतसहित निर्वाचित भइन । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाउँदा माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत मात्र पाइन ।