नेपालगन्ज २ जेठ : बर्दियाको बारबर्दिया नगरपालिकाको प्रमुख र उपप्रमुख नेपाली काँग्रेसले जितेकोछ । प्रमुख र उपप्रमुख दुबै पद काँग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले बारबर्दिया नगरपालिका जितेको थियो । तर, यसपटक नेपाली काँग्रेसका उम्मेदवारसित पारजीत भयो ।
बारबर्दिया नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका छबिलाल थारु निर्वाचित भए भने उपप्रमुखमा रत्नकुमारी पाण्डे विजयी भएका छन् ।
थारुले १३ हजार ६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३५१ मत पाए । भने माओवादी केन्द्रका उम्मेदवार दशरथ थारु ९ हजार १०९ मतमै चित्त बुझाउनु प¥यो ।
यसैरी उपप्रमुख पदमा काँग्रेसकै रत्नकुमारी पाण्डे १२ हजार ४९१ मतसहित निर्वाचित भइन । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाउँदा माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत मात्र पाइन ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?