नेपालगन्ज २ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले आफ्नो विरासत गुमाएकोछ ।
यसअघि राप्रपाका प्रभावशाली नेता मोहम्मद सफिक वेहना वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको विरासत जोगाउन राप्रपाकी इन्दिरा शाही निर्वाचनमा होमिकएकी थिइन् । निर्वतमा वडासदस्य समेत रहेकी शाहीले वडाअध्यक्षमा जिताउन राप्रपाले ठूलो कसरत गरेको थियो । यद्यपी उसको मेहनत असफल बन्यो । उनी नेकपा माओबादीकी गोपाल पुनसंग पराजित बनिन् ।
यस्तै नेपाली काँग्रेसबाट वडाअध्यक्षमा प्रदीप साहु तेली, नेकपा एमालेबाट टेकबहादुर केसी र जसपाबाट अकबर अली खाँ चुनावमा होमिएका थिए ।
गोपालले एक हजार १०५ मत ल्याएर विजय भए । भने काँग्रेसका प्रदीपले ८६४, एमालेका टेकबहादुरले ७७९ र राप्रपाकी इन्दिराले ३८९ मत ल्याइन ।
वडासदस्यमा काँग्रेसका उत्तमसिंह सिजापती ८७९, मोहम्मद सलीम मुसलमानले ८३०, महिला सदस्यमा माओबादीका रुमीता श्रेष्ठ ९०२ र दलित महिला सदस्यमा माओबादीकै रेवती दमाईले ९५७ मत ल्याएर विजयी भएकी छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?