नेपालगन्ज २ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले आफ्नो विरासत गुमाएकोछ ।
यसअघि राप्रपाका प्रभावशाली नेता मोहम्मद सफिक वेहना वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको विरासत जोगाउन राप्रपाकी इन्दिरा शाही निर्वाचनमा होमिकएकी थिइन् । निर्वतमा वडासदस्य समेत रहेकी शाहीले वडाअध्यक्षमा जिताउन राप्रपाले ठूलो कसरत गरेको थियो । यद्यपी उसको मेहनत असफल बन्यो । उनी नेकपा माओबादीकी गोपाल पुनसंग पराजित बनिन् ।
यस्तै नेपाली काँग्रेसबाट वडाअध्यक्षमा प्रदीप साहु तेली, नेकपा एमालेबाट टेकबहादुर केसी र जसपाबाट अकबर अली खाँ चुनावमा होमिएका थिए ।
गोपालले एक हजार १०५ मत ल्याएर विजय भए । भने काँग्रेसका प्रदीपले ८६४, एमालेका टेकबहादुरले ७७९ र राप्रपाकी इन्दिराले ३८९ मत ल्याइन ।
वडासदस्यमा काँग्रेसका उत्तमसिंह सिजापती ८७९, मोहम्मद सलीम मुसलमानले ८३०, महिला सदस्यमा माओबादीका रुमीता श्रेष्ठ ९०२ र दलित महिला सदस्यमा माओबादीकै रेवती दमाईले ९५७ मत ल्याएर विजयी भएकी छन् ।