नेपालगन्ज २१ मा काँग्रेसको पुरै प्यानल बहुमतले विजयी


नेपालगन्ज २१ मा काँग्रेसको पुरै प्यानल बहुमतले विजयी

नेपालगन्ज २ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसको पुरै प्यानल अत्यधिक बहुमतका साथ विजयी भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका सबै उम्मेदवारले बहुमत ल्याएर पुरै प्यानल जित्ने काँग्रेस पहिलो पार्टी बनेकोछ । काँग्रेसले लगातार नेपालगन्जमा नेतृत्व गुमाउँदै जाँदा प्यानलै सहित वडा नम्बर २१ मा बहुमतका साथ निर्वाचित भएको हो ।

नेपाली काँग्रेसका उम्मेदवार राजकुमार साहुको प्यानलै विजयी भएको हो । कुल ३६६८ मतदाता रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा २९३९ मत खसेको थियो ।

काँग्रेसका विजयी वडाअध्यक्ष राजकुमारले एक हजार १ सय ६७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद फारुख खाँले ५५७ मत प्राप्त गरेका थिए । राजकुमारले पाएको मत खाँ भन्दा ६१० ले बढी हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि जसपाका गवगेश सिंह पटेल ‘पंकज’ ले ४९० मत प्राप्त गर्दै तेस्रो स्थानमा समेटिए । यसअघि सो वडामा नेकपा माओबादीले जितेको थियो । निर्वतमान वडाअध्यक्ष रन्जित खाँले पुनः वडाअध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, उनी यसपटक चौथो स्थानमा समेटिए । उनले कुल २४५ मत पाए ।

यस्तै काँग्रेसबाट वडा सदस्यमा मेराज अहमद बागवान (११५५), अरुण कुमार मिश्रा (१०६२), महिला सदस्यमा जान तार कुर्मी (१०८८) र दलित महिला सदस्यमा मैती कुमारी लोहार (१११२) मत प्राप्त गर्दै विजयी भएका हुन् ।

नेपालगन्जमा काँग्रेसले यसअघि जितेको वडा नम्बर २ र २२ गुमाएकोछ । भने वडा नम्बर २३ यसपटक जित हाँसिल गर्न सफल भएकोछ ।