नेपालगन्ज २० जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार कृष्ण कार्की ६७ मतले हार ब्यहोरेकाछन् ।
निर्वतमान वडाअध्यक्ष समेत रहेका कार्की जसपाका उम्मेदवार कौशलकुमार धोवीसंग पराजित बनेका हुन् । कौशलले कुल १५२६ मत प्राप्त गर्दै विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णले १४५९ मत पाए ।
यस्तै राप्रपाका नमराज सापकोटाले ११५९ मत प्राप्त गर्दै तेस्रो स्थानमा समेटिए । भने नेकपा एसका नन्दकुमार बर्मा कुर्मीले ३४१ मत पाउँदा पाँचौ स्थानमा रहेको नेपाली काँग्रेसका रविन्द्र लामिछाने ३३१ मतमा समेटिए ।
माओबादी केन्द्रका धर्मराज छत्याल २८८ मत पाउँदै छैठौं स्थानमा सिमित रहे ।
यस्तै वडा नम्बर २० को सदस्यमा जसपाका दीपेन्द्र थापा(१४९०), एमालेका चक्रबहादुर वुढा(१४१२), एमालेकै महिला सदस्यमा कल्पना थापा क्षेत्री (१४८०) र महिला दलित सदस्यमा जसपाकी चन्द्रानी हरिजन (१४८२) मत प्राप्त गर्दै विजयी बने ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?