नेपालगन्ज २ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार तप्त पौडेलले नेकपा एमालेका रामदास थारुलाई फराकिलो मतले पछि पार्दै अघि बढेकाछन् ।
सोमबार राती पौने १२ बजेसम्म प्राप्त अपडेट अनुसार काँग्रेसका उम्मेदवार तप्तले जम्मा ८९६८ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेकाछन् ।
तप्तलाई एमालेका थारुले पछ्याइरहेकाछन् । उनले ८ हजार ५८३ मत पाएकाछन् । तप्त र थारुबीच ३८५ मतको मतान्तर रहेकोछ । भने अब ४ हजार मतपत्र गणना हुन बाँकी रहेकोछ ।
यस्तै नेकपा माओबादीका पट्टु थारुले ८ हजार ३०२ मत प्राप्त गरि तेस्रो स्थानमा रहेकाछन् । भने राप्रपाका भुपेन्द्रबहादुर ओली क्षेत्रीले एक हजार ३७६ मत प्राप्त गरेकाछन् ।
गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसका उम्मेदवार मनिषासिंह थारुले अग्रता लिइरहेकीछन् । उनले सबैभन्दा बढि मत प्राप्त गरेकीछन् । मनिषाले ९ हजार ४ मत पाउँदा एमालेकी चमेलीकुमारी बाकवालले ८ हजार ७५२ मत प्राप्त गरेकी छन् । भने नेकपा माओबादीकी मन्जु कुमारी रोकायले ७ हजार ७९४ मत पाउँदा राप्रपाकी शोभा डिसीले एक हजार ४६२ मत प्राप्त गरेकीछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?