राप्तीसोनारीमा काँग्रेसका तप्त ३८५ मतले अगाडी, अब ४ हजार मतपत्र गन्न बाँकी


राप्तीसोनारीमा काँग्रेसका तप्त ३८५ मतले अगाडी, अब ४ हजार मतपत्र गन्न बाँकी

नेपालगन्ज २ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार तप्त पौडेलले नेकपा एमालेका रामदास थारुलाई फराकिलो मतले पछि पार्दै अघि बढेकाछन् ।

सोमबार राती पौने १२ बजेसम्म प्राप्त अपडेट अनुसार काँग्रेसका उम्मेदवार तप्तले जम्मा ८९६८ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेकाछन् ।

तप्तलाई एमालेका थारुले पछ्याइरहेकाछन् । उनले ८ हजार ५८३ मत पाएकाछन् । तप्त र थारुबीच ३८५ मतको मतान्तर रहेकोछ । भने अब ४ हजार मतपत्र गणना हुन बाँकी रहेकोछ ।

यस्तै नेकपा माओबादीका पट्टु थारुले ८ हजार ३०२ मत प्राप्त गरि तेस्रो स्थानमा रहेकाछन् । भने राप्रपाका भुपेन्द्रबहादुर ओली क्षेत्रीले एक हजार ३७६ मत प्राप्त गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसका उम्मेदवार मनिषासिंह थारुले अग्रता लिइरहेकीछन् । उनले सबैभन्दा बढि मत प्राप्त गरेकीछन् । मनिषाले ९ हजार ४ मत पाउँदा एमालेकी चमेलीकुमारी बाकवालले ८ हजार ७५२ मत प्राप्त गरेकी छन् । भने नेकपा माओबादीकी मन्जु कुमारी रोकायले ७ हजार ७९४ मत पाउँदा राप्रपाकी शोभा डिसीले एक हजार ४६२ मत प्राप्त गरेकीछन् ।