नेपालगन्जमा पशुपतिभन्दा दोब्बर मतले प्रशान्त अगाडी


नेपालगन्जमा पशुपतिभन्दा दोब्बर मतले प्रशान्त अगाडी

नेपालगन्ज ३ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले आफ्नो अग्रतालाई बढाएर लगेकाछन् ।

सोमबार राती १२ बजेसम्मको अपडेट अनुसार नेपाली काँग्रेसका विष्टले ८ हजार ३४० मत प्राप्त गर्दै अग्रतालाई निरन्तरता दिएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाल मिश्रालाई धेरै पछि पारेकाछन् ।

काँग्रेसका विष्टले ८ हजार ३४० मत पाउँदा एमालेका मिश्राले ४ हजार ३७७ मत प्राप्त गरेका छन् । विष्टले पाएको मत मिश्रा भन्दा झण्डै दोब्बरले बढि हो । ३ हजार ९६३ मतको फराकिलो मतले मिश्रालाई पछि पार्दै विष्ट अघि बढिरहेका हुन् ।

राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल वैश्य तेस्रो स्थानमा रहेकाछन् । उनले ३ हजार ३६१ मत पाएकाछन् । वैश्यले पाएको मत विष्टभन्दा झण्डै पाँच हजारले कम हो । विष्ट र वैश्यको मतान्तर ४ हजार ९७९ रहेकोछ । भने वैश्य र मिश्राबीच एक हजार १६ मतान्तर रहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै गठबन्धनबाट नेपालगन्जको उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दिन राईले समेत आफ्नो अग्रतालाई निरन्तरता दिएकाछन् । उनले कुल ६ हजार ७८८ मत प्राप्त गरेकाछन् । भने राईलाई राप्रपाकी विन्दू चर्तीमगरले पछ्याइरहेकीछन् ।

राईले पाएको कुल मत ६ हजार ७८८ भन्दा विन्दु २ हजार ४२७ मतले पछि छिन् । भने नेकपा एमालेबाट उपप्रमुखकी उम्मेदवार शान्तिदेवि ढकालले विन्दुलाई पछ्याइरहेकी छन् । उनले कुल ४ हजार २ सय मत प्राप्त गरेकीछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका अझ थुप्रै वडाको मतपत्र गणना हुन बाँकी रहेकाले यो मतान्तर बढेर जाने बताइएकोछ ।