कोहलपुरमा काँग्रेसका पूर्ण ५०१ मतले अगाडी


कोहलपुरमा काँग्रेसका पूर्ण ५०१ मतले अगाडी

नेपालगन्ज ३ जेठ : बाँकेको कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका दुवै उम्मेदवारले अग्रता कायम राखेकाछन् ।

नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार बनेका पूर्णप्रसाद आचार्य र उपप्रमुखकी उम्मेदवार संगीता सुवेदीले बहुमत ल्याउँदै अग्रता कायम राखेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

मङ्गलबार राती २ बजेको अपडेट अनुसार कोहलपुर प्रमुख पदका उम्मेदवार काँग्रेसका पूर्णले ३ हजार १९१ मत ल्याए भने उनलाई नेकपा एमालेका खीलप्रसाद भुसालले पछ्याइरहेकाछन् । भुसालले २ हजार ७१२ मत पाए भने नेकपा माओबादीका नरेन्द्र न्यौपानेले २ हजार ६६२ मत प्राप्त गरे ।

कोहलपुर उपप्रमुख पदका उम्मेदवार संगीताले ३ हजार ४२३ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई नेकपा एमालेकी अस्मिता कुमारी थारुले पछ्याइरहेकीछन् । थारुले २ हजार ९२२ मत प्राप्त गर्दा नेकपा माओबादीकी नारायणी ओलीले एक हजार १९६ मत प्राप्त गरिन् ।