नेपालगन्ज ३ जेठ : बाँकेको कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका दुवै उम्मेदवारले अग्रता कायम राखेकाछन् ।
नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार बनेका पूर्णप्रसाद आचार्य र उपप्रमुखकी उम्मेदवार संगीता सुवेदीले बहुमत ल्याउँदै अग्रता कायम राखेका हुन् ।
मङ्गलबार राती २ बजेको अपडेट अनुसार कोहलपुर प्रमुख पदका उम्मेदवार काँग्रेसका पूर्णले ३ हजार १९१ मत ल्याए भने उनलाई नेकपा एमालेका खीलप्रसाद भुसालले पछ्याइरहेकाछन् । भुसालले २ हजार ७१२ मत पाए भने नेकपा माओबादीका नरेन्द्र न्यौपानेले २ हजार ६६२ मत प्राप्त गरे ।
कोहलपुर उपप्रमुख पदका उम्मेदवार संगीताले ३ हजार ४२३ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई नेकपा एमालेकी अस्मिता कुमारी थारुले पछ्याइरहेकीछन् । थारुले २ हजार ९२२ मत प्राप्त गर्दा नेकपा माओबादीकी नारायणी ओलीले एक हजार १९६ मत प्राप्त गरिन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?