खजुरा(बाँके) ३ वैशाख : बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले अग्रतालाई निरन्तरता दिएकाछन् ।
मङ्गलबार राती २ बजेसम्म प्राप्त अपडेट अनुसार एमालेबाट अध्यक्ष पदका उम्मेदवार मल्लले कुल ४ हजार ८३७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस–माओबादी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओबादीका डम्बरबहादुर विक तुफान ४ हजार ३५ मत प्राप्त गरेकाछन् ।
यस्तै राप्रपाबाट खजुरा अध्यक्षका उम्मेदवार धनसिंह रानाले ५५६ मत पाएकाछन् ।
यसैगरि खजुरा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी ताजरुन निसाले अग्रता लिएकीछन् । ताजरुनले ४ हजार १३५ मत प्राप्त गरेकीछन् । भने उनलाई काँग्रेस–माओबादी गठबन्धनबाट उपाध्यक्ष पदकी उम्मेदवार नेपाली काँग्रेसकी मन्जु मल्लले पछ्याइरहेकी छन् । मल्लको ४ हजार ८ मत रहेकोछ । भने राप्रपाकी तिल कुमारी हमालले ६८९ मत प्राप्त गरेकीछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?