नेपालगन्ज ३ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले अग्रतालाई बढाउँदै लगेकाछन् ।
मङ्गलबार राती २ बजे प्राप्त अपडेट अनुसार तप्तले कुल ९ हजार १४९ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । तप्तलाई नेकपा एमालेका उम्मेदवार रामदास थारुले पछ्याइरहेकाछन् ।
एमालेका रामदासले ८ हजार ६७२ मत प्राप्त गरेका हुन् । उनले तप्तभन्दा ४७७ मत कम पाएका हुन् । यस्तै नेकपा माओबादीका पट्टु थारुले एमालेका उम्मेदवार रामदासलाई पछ्याइरहेकाछन् । पट्टुले ८ हजार ६४५ मत प्राप्त गरेकाछन् ।
गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै मनिषसिंह थारुले अग्रतालाई निरन्तरता दिएकी छन् । उनले कुल मत ९ हजार १८१ प्राप्त गर्दै अग्रता कायम राखेकी हुन् ।
नेकपा एमालेकी चमेलीकुमारी बाकवालले ८ हजार ८५१ मत प्राप्त गरेकी छन् । भने नेकपा माओबादीकी शोभा डिसीले ८ हजार १३७ मत प्राप्त गरेकी छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?