नेपालगन्ज ३ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले अग्रतालाई बढाउँदै लगेकाछन् ।
मङ्गलबार राती २ बजे प्राप्त अपडेट अनुसार तप्तले कुल ९ हजार १४९ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । तप्तलाई नेकपा एमालेका उम्मेदवार रामदास थारुले पछ्याइरहेकाछन् ।
एमालेका रामदासले ८ हजार ६७२ मत प्राप्त गरेका हुन् । उनले तप्तभन्दा ४७७ मत कम पाएका हुन् । यस्तै नेकपा माओबादीका पट्टु थारुले एमालेका उम्मेदवार रामदासलाई पछ्याइरहेकाछन् । पट्टुले ८ हजार ६४५ मत प्राप्त गरेकाछन् ।
गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै मनिषसिंह थारुले अग्रतालाई निरन्तरता दिएकी छन् । उनले कुल मत ९ हजार १८१ प्राप्त गर्दै अग्रता कायम राखेकी हुन् ।
नेकपा एमालेकी चमेलीकुमारी बाकवालले ८ हजार ८५१ मत प्राप्त गरेकी छन् । भने नेकपा माओबादीकी शोभा डिसीले ८ हजार १३७ मत प्राप्त गरेकी छन् ।