नेपालगन्ज ३ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले आफ्नो अग्रतालाई बढाएर लगेकाछन् ।
मङ्गलबार राती २ बजेसम्मको अपडेट अनुसार नेपाली काँग्रेसका विष्टले ९ हजार २२७ मत प्राप्त गर्दै अग्रतालाई निरन्तरता दिएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाल मिश्रालाई धेरै पछि पारेकाछन् ।
काँग्रेसका विष्टले ९ हजार २२७ मत पाउँदा एमालेका मिश्राले ४ हजार ६१४ मत प्राप्त गरेका छन् । विष्टले पाएको मत मिश्रा भन्दा दोब्बरले बढि हो । ४ हजार ६१३ मतको फराकिलो मतले मिश्रालाई पछि पार्दै विष्टले अग्रता लिइरहेकाछन् ।
राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल वैश्य तेस्रो स्थानमा रहेकाछन् । उनले ३ हजार ५२७ मत पाएकाछन् । वैश्यले पाएको मत विष्टभन्दा ५ हजार ७ सयले कम हो । भने वैश्य र मिश्राबीच एक हजार ८७ मतान्तर रहेकोछ ।
यस्तै गठबन्धनबाट नेपालगन्जको उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दिन राईले समेत आफ्नो अग्रतालाई निरन्तरता दिएकाछन् । उनले कुल ७ हजार ६५१ मत प्राप्त गरेकाछन् । भने राईलाई राप्रपाकी विन्दू चर्तीमगरले पछ्याइरहेकीछन् ।
राईले पाएको कुल मत ७ हजार ६५१ भन्दा विन्दु ३ हजार २१ मतले पछि छिन् । भने नेकपा एमालेबाट उपप्रमुखकी उम्मेदवार शान्तिदेवि ढकालले विन्दुलाई पछ्याइरहेकी छन् । उनले कुल ४ हजार ३७८ मत प्राप्त गरेकीछन् ।
नेपालगन्ज उपमहानगरपालिकाका अझ थुप्रै वडाको मतपत्र गणना हुन बाँकी रहेकाले यो मतान्तर बढेर जाने बताइएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?