राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका तप्त ८२० र मनिषा ७९३ मतान्तरले विजयी


राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका तप्त ८२० र मनिषा ७९३ मतान्तरले विजयी

नेपालगन्ज ३ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका तप्त पौडेल र मनिषासिंह थारु निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा तप्तले कुल १० हजार ११२ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्व नेकपा माओबादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत ल्याए । तप्त र थारुबीचको मतान्तर ८२० रहेकोछ ।

यस्तै मतगणनाको सुरुवातीदेखि काँग्रेस र एमालेबीच मतको उछिनपिछिन भइरहेको थियो । तर, नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाए । उनी तेस्रो स्थानमा समेटिए ।

यसअघि २०७४मा पनि राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले जितेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

राप्तीसोनारी गाउँपालिकाको उपाध्यक्षमा विजयी काँग्रेसकी उम्मेदवार मनिषासिंह थारुले १० हजार १३४ मत ल्याइन् । उनलाई नेकपा माओबादीकी चमेली कुमारी बाकवलले पछ्याइरहेकी थिइन्। चमेली कुमारीले ९ हजार ३४१ मत प्राप्त गर्दा मनिषा र चमेलीबीच ठ९३ मतान्तर रह्यो ।

नेकपा माओबादीकी मन्जुकुमारी रोकायले ८ हजार ७९३ मत प्राप्त गर्दा राप्राकी शोभा डिसीले एक हजार ७८९ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमाले निर्वाचित भएको छ । भने, वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर ६ मा भने राप्रपा निर्वाचित भएको छ । उक्त गाउँपालिकामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडा जितेको थियो ।

राप्तीसोनारी गाउँपालिकामा कूल जनसंख्या ६७,७८२ रहेको छ । भने कुल मतदाता संख्या ४४,८१२ रहेको छ । जसमा २२,०६५ पुरुष र २२,७४६ महिला रहेका छन् । यस गाउँपालिकामा ९ वडा छन् ।