नेपालगन्ज ६ मा एमालेका समीर पुनः दोहोरिए


नेपालगन्ज ६ मा एमालेका समीर पुनः दोहोरिए

नेपालगन्ज ३ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा नेकपा एमाले समीरप्रताप सिंह पुनः वडाअध्यक्षमा निर्वाचित भएकाछन् ।

समीरले कुल ४५१ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी रविन्द्र थापाले ४०२ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा समेत एमालेका समीरले राप्रपाका रविन्द्रलाई हराएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेसका रितेश कुमार शर्माले ३९७ र जसमाका भरतबहादुर बर्मा कुमीलै (३२७) मत प्राप्त गरे । वडा सदस्यमा काँग्रेसका जमालुद्दीन बागवान (४११) र राप्रपाका मदनबहादुर क्षेत्री (३६१), महिला सदस्यमा काँग्रेसकी संगीता रेग्मी (४८९) तथा दलित महिला सदस्यमा काँग्रसकी भुमि दमीनी (४०२) मत ल्याएर विजयी भए ।