नेपालगन्ज ८ मा राप्रपाले आफ्नो विरासत जोगाउँदै पुरै प्यानल विजयी
नेपालगन्ज ३ जेठ : स्थानीय तह निर्वाचनको मुखमा राप्रपा त्यागेर राप्रपा नेपाल प्रवेश गरेका साविक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ता फराकिलो मतले हारेकाछन् ।
राप्रपाका युवा नेता रजनीश वाजपेयीले सुरेन्द्रलाई ६४२ मतको अन्तरले हराएका हुन् । राप्रपा नेपालका सुरेन्द्र फराकिलो मतमा हार्दै पाँचौ स्थानमा समेटिए ।
राप्रपाका युवा नेता रजनीश वाजपेयीले ८०८ मत ल्याउँदै उनको पुरै प्यानल विजयी भयो । यस्तै रजनीशका निकटतम प्रटिद्वन्द्वी नेपाली काँग्रेसका नेता निजामुद्दीन सिद्दिकी ३८१ मतमा समेटिए । उनलाई राप्रपका रजनीशले २९३ मतान्तरले पराजित गरे ।
यस्तै जसपाका सफिक अहमद सिद्दिकीले ३८१ मत पाउँदै तेस्रो स्थानमा समेटिए । भने नेकपा माओबादीका रिजवान कसगर शेषले २५५ मत पाए भने नेकपा एमालेका स्वामी दयाल गुप्ताले ११३ मत ल्याउँदै छठौं स्थान पाए ।
यस्तै वडासदस्यमा राप्रपाका अमन गुप्ता (७९०), निखिल कुमार वैश्य (७३२), महिला सदस्यमा राप्रपाकी विमला वैश्य (८०९) र दलित महिला सदस्यमा राप्रपाकै निर्मला धोविले (७९५) मत ल्याएर विजयी भए । नेपालगन्ज वडा नम्बर ८ मा राप्रपाको गडका रुपमा परिचित छ । यसअघि राप्रपाले जितेको उक्त वडामा राप्रपाले आफ्नो विरासतलाई जोगाउँदै पुरै प्यानल जित्न सफल भएको हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?