नेपालगन्ज ३ जेठ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपश्चात यतिबेला देशभर मतगणना जारीछ । कतिपय पालिका तहको मतगणना सम्पन्न भइसकेकोछ ।
मङ्गलबार बेलुका सम्म प्राप्त देशभरको अपडेट अनुसार देशका ७५३ स्थानीय तहमध्ये ३३९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार ३३९ स्थानीय तहमध्ये १५३ वटामा नेपाली काँग्रेसले विजय प्राप्त गरेकोछ ।
काँग्रेसले ११७ गाउँपालिका र ३६ वटा नगरपालिका प्रमुख जितेको छ । काँग्रेसलाई पच्छ्याएको नेकपा एमालेले ९५ वटा स्थानीय तहमा जीत निकालेकोछ ।
एमालेले ७७ वटा गाउँपालिका अध्यक्ष र १८ वटा नगरपालिका प्रमुख जितेको हो । यस्तै माओवादी केन्द्रले ७४ स्थानीय तहमा विजयी भएकोछ ।
माओवादी केन्द्रले ६६ वटा गाउँपालिका अध्यक्ष र ८ वटा नगरपालिका प्रमुख जितेको छ ।
जारी मत गणनामा जनता समाजवादी पार्टीले ४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ भने नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका प्रमुख जितेको छ ।
हालसम्मको मत परिणामअनुसार अन्यतर्फ ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका प्रमुखमा विजय भएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?