देशभर ३३९ स्थानीय तहको मत परिणाम : काँग्रेस पहिलो, दोस्रोमा एमाले


देशभर ३३९ स्थानीय तहको मत परिणाम :  काँग्रेस पहिलो, दोस्रोमा एमाले

नेपालगन्ज ३ जेठ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपश्चात यतिबेला देशभर मतगणना जारीछ । कतिपय पालिका तहको मतगणना सम्पन्न भइसकेकोछ ।

मङ्गलबार बेलुका सम्म प्राप्त देशभरको अपडेट अनुसार देशका ७५३ स्थानीय तहमध्ये ३३९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार ३३९ स्थानीय तहमध्ये १५३ वटामा नेपाली काँग्रेसले विजय प्राप्त गरेकोछ ।

काँग्रेसले ११७ गाउँपालिका र ३६ वटा नगरपालिका प्रमुख जितेको छ । काँग्रेसलाई पच्छ्याएको नेकपा एमालेले ९५ वटा स्थानीय तहमा जीत निकालेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

एमालेले ७७ वटा गाउँपालिका अध्यक्ष र १८ वटा नगरपालिका प्रमुख जितेको हो । यस्तै माओवादी केन्द्रले ७४ स्थानीय तहमा विजयी भएकोछ ।

माओवादी केन्द्रले ६६ वटा गाउँपालिका अध्यक्ष र ८ वटा नगरपालिका प्रमुख जितेको छ ।

जारी मत गणनामा जनता समाजवादी पार्टीले ४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ भने नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका प्रमुख जितेको छ ।

हालसम्मको मत परिणामअनुसार अन्यतर्फ ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका प्रमुखमा विजय भएका छन् ।