कोहलपुरमा काँग्रेसका दुवै उम्मेदवार जीत नजिक


कोहलपुरमा काँग्रेसका दुवै उम्मेदवार जीत नजिक

नेपालगन्ज ४ जेठ : कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले अग्रता लिदैं जीत नजिक पुगेकाछन् । बुधबार विहानसम्म प्राप्त अपडेट अनुसार आचार्यले ५४९७ मत ल्याएर अग्रता लिएका छन् ।

यस्तै नेकपा एमालेका खिलप्रसाद भुसालले ५२३३ मत प्राप्त गरेका छन् । काँग्रेसका आचार्य र एमालेका भुसालबीच २६४ मतको अन्तर रहेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र)का नरेन्द्र न्यौपाने ४४९४ प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी उपप्रमुखमा काँग्रेसकी सुवेदीले ५७०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् । नेकपा एमालेकी अस्मिता चौधरीले ५५५५ मत प्राप्त गरिन् । संगिता र अस्मिताबीच अहिले १५२ मतको अन्तर देखिएको छ । नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले २१०९ मत प्राप्त गरेकी छन् ।

कोहलपुर नगरपालिकामा अहिलेसम्म १८४९७ मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोहलपुरको वडा नम्बर १, २, ३, १३, १४, र १५ को मतगणना भएको छ ।