नेपालगन्ज ४ जेठ : कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले अग्रता लिदैं जीत नजिक पुगेकाछन् । बुधबार विहानसम्म प्राप्त अपडेट अनुसार आचार्यले ५४९७ मत ल्याएर अग्रता लिएका छन् ।
यस्तै नेकपा एमालेका खिलप्रसाद भुसालले ५२३३ मत प्राप्त गरेका छन् । काँग्रेसका आचार्य र एमालेका भुसालबीच २६४ मतको अन्तर रहेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र)का नरेन्द्र न्यौपाने ४४९४ प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
यसैगरी उपप्रमुखमा काँग्रेसकी सुवेदीले ५७०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् । नेकपा एमालेकी अस्मिता चौधरीले ५५५५ मत प्राप्त गरिन् । संगिता र अस्मिताबीच अहिले १५२ मतको अन्तर देखिएको छ । नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले २१०९ मत प्राप्त गरेकी छन् ।
कोहलपुर नगरपालिकामा अहिलेसम्म १८४९७ मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोहलपुरको वडा नम्बर १, २, ३, १३, १४, र १५ को मतगणना भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?