नेपालगन्ज ४ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा जारी पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले १४४९८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ७३१६ मत ल्याएका छन् । विष्ट र मिश्रबीच ७१८२ मतको अन्तर रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नन्दलाल बैश्यले ५४१२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राईले १११९८ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ७०६० मत प्राप्त गरेकी छन् । राई र चर्तीमगरबीच ४१३८ मतको अन्तर रहेको छ । नेकपा एमालेकी शान्ति ढकालले ६९२८ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म नेपालगन्ज १, २, ३, ४, ५, ६, ७, ८, ९, १७, १९, २०, २१, २२ र २३ को अन्तिम मतगणना सार्वजनिक भइसकेको छ ।
यस्तै वडा नम्बर १८ र १० को मतगणना अहिले भेरी प्राविधिक शिक्षालयमा चलिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा कूल जनसंख्या १,६६,२५८ रहेको छ । भने कुल मतदाता संख्या ८१,७९४ रहेको छ । जसमा ४३,१११ पुरुष र ३८,६७९ महिला रहेका छन् । निर्वाचनमा कुल ६१२०५ मत खसेको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?