सुर्खेतको भेरीगंगाको मेयर र उपमेयरमा एमाले विजयी


सुर्खेतको भेरीगंगाको मेयर र उपमेयरमा एमाले विजयी

नेपालगन्ज ५ जेठ : काँग्रेस बलियो मानिएको सुर्खेतको भेरीगंगा नगरपालिकामा मेयर र उपमेयर नै एमालेले जितेको छ ।

मेयरमा एमालेका यज्ञप्रसाद ढकालले १० हजार २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत पाए ।

अध्यक्षमा जनता समाजवादीका अमरबहादुर बुढा २६३, राप्रपाका गोपाल हमालले २४९, एकीकृत समाजवादीका जयबहादुर सुनारले १७९ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकै धनसरा बोहरा विजयी भएकी छन् । बोहराले ९६१४ मत पाएर विजयी भएकी हुन् भने उनका निकटतम माओवादीका नन्दबहादुर कार्की (नरेन्द्र)ले ८९१३ मत पाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उपमेयरमा जनता समाजवादीका रत्ना बिकले २१५ र राप्रपाका मीना बिसीले २०० मत पाएका छन् ।

भेरीगंगा नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस निर्वाचित भएको थियो । तर, योपटक भने गठबन्धन गर्दा पनि पराजित भयो ।

यस्तै यसपटकको निर्वाचनमा भेरीगंगाका १३ वडामध्ये ८ वटा वडामा काँग्रेसले अध्यक्ष जितेको छ । २ वडामा माओवादी र ३ वडामा एमालेले अध्यक्ष जितेको छ ।