नेपालगन्ज ५ जेठ : काँग्रेस बलियो मानिएको सुर्खेतको भेरीगंगा नगरपालिकामा मेयर र उपमेयर नै एमालेले जितेको छ ।
मेयरमा एमालेका यज्ञप्रसाद ढकालले १० हजार २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत पाए ।
अध्यक्षमा जनता समाजवादीका अमरबहादुर बुढा २६३, राप्रपाका गोपाल हमालले २४९, एकीकृत समाजवादीका जयबहादुर सुनारले १७९ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकै धनसरा बोहरा विजयी भएकी छन् । बोहराले ९६१४ मत पाएर विजयी भएकी हुन् भने उनका निकटतम माओवादीका नन्दबहादुर कार्की (नरेन्द्र)ले ८९१३ मत पाए ।
उपमेयरमा जनता समाजवादीका रत्ना बिकले २१५ र राप्रपाका मीना बिसीले २०० मत पाएका छन् ।
भेरीगंगा नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस निर्वाचित भएको थियो । तर, योपटक भने गठबन्धन गर्दा पनि पराजित भयो ।
यस्तै यसपटकको निर्वाचनमा भेरीगंगाका १३ वडामध्ये ८ वटा वडामा काँग्रेसले अध्यक्ष जितेको छ । २ वडामा माओवादी र ३ वडामा एमालेले अध्यक्ष जितेको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’