५५१ पालिकाको नतिजा : काँग्रेस पहिलो, एमाले दोस्रो


५५१ पालिकाको नतिजा : काँग्रेस पहिलो, एमाले दोस्रो

नेपालगन्ज ५ जेठ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको देशभर मतगणना चलिरहेकोछ । अधिकांश स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेकोछ ।

यसबीच हालसम्म सार्वजनिक मतगणना अनुसार स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो ।

काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हाँसिल गरेको छ । योसंगै काँग्रेस पहिलो भएको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ८८ पालिका बढी जितेको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि काँग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ४४ स्थानमा अग्रता बनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै १०२ स्थानीय तहमा जित हाँसिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ ।

यस्तै एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले २० स्थानमा विजय हाँसिल गर्दा ११ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ ।

मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरसहित केही पालिकामा गठबन्धन भएको थियो भने एमालेले पनि राप्रपासहितका केही साना पार्टीसँग गठबन्धन गरेको थियो ।