जेलमा रहेका रेशम चौधरीको पार्टीका उम्मेदवार टिकापुर मेयरमा निर्वाचित


जेलमा रहेका रेशम चौधरीको पार्टीका उम्मेदवार टिकापुर मेयरमा निर्वाचित

नेपालगन्ज ५ जेठ : कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नवराज रावललाई ३ हजार मतान्तरले पराजित गर्दै थारु निर्वाचित भएका हुन् ।

टीकापुर नगरपालिकाका निर्वाचन अधिकृत पुष्कर खडकाले थारु नौ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएको जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रावलले ६ हजार ६४२ मत मात्रै प्राप्त गरेका छन् । उपमेयरमा भने सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

शाहले ७ हजार ९५५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२मात्र मत पाइन् ।

प्रतिनिधिसभा निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले कैलालीको जानकी गाउँपालिका र भजनी नगरपालिकामा समेत मतगणनाको सुरुवातदेखि अग्रता लिएको छ ।