नेपालगन्ज ५ जेठ : कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नवराज रावललाई ३ हजार मतान्तरले पराजित गर्दै थारु निर्वाचित भएका हुन् ।
टीकापुर नगरपालिकाका निर्वाचन अधिकृत पुष्कर खडकाले थारु नौ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएको जानकारी दिए ।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रावलले ६ हजार ६४२ मत मात्रै प्राप्त गरेका छन् । उपमेयरमा भने सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन् ।
शाहले ७ हजार ९५५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२मात्र मत पाइन् ।
प्रतिनिधिसभा निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले कैलालीको जानकी गाउँपालिका र भजनी नगरपालिकामा समेत मतगणनाको सुरुवातदेखि अग्रता लिएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ