नेपालगन्ज ७ मा एमालेका प्रसान्तसहित प्यानल विजयी


नेपालगन्ज ७ मा एमालेका प्रसान्तसहित प्यानल विजयी

नेपालगन्ज ५ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका प्रसान्त श्रेष्ठसहितको प्यानल विजयी भएको छ ।

प्रसान्तले कुल ४७७ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश कुमार नागले ३०१ मत ल्याउँदै दोस्रो भए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै नेकपा माओबादी केन्द्रका कलीम राइ २७९, जसपाका फिरोज खाँले २०५ र राप्रपाका हर्कबहादुर गुरुङले २०४ मत प्राप्त गरे ।

यस्तै वडा सदस्यमा एमालेका नुर मोहम्मद पठान (३६७) र समीर खाँन (३५८), महिला सदस्यमा चन्द्रकला गुरुङ्ग (३६६) र दलित महिला सदस्यमा एमालेकै कल्पना नेपालीले ३७२ मत प्राप्त गरि विजयी भए ।