नेपालगन्ज ५ जेठ : नेपालगन्ज उपमहानगरपालिका वाड नम्बर ११ मा नेपाली काँग्रेसका उम्मेदवार उज्जवसिंह राठौर पराजित भएकाछन् ।
राठौर वडा नम्बर ११ का निर्वतमान वडाअध्यक्ष समेत हुन् । उनलाई नेकपा माओबादी केन्द्रका नन्दकिशोर कश्यप (कहार)ले ५० मतले हराए ।
नन्दकिसोरले कुल ६५५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राठौले ६०५ मत पाएका थिए ।
यस्तै राप्रपाका सलाउद्दीन जसगढले ३५१ मत पाउँदै तेस्रो, जसपाका मतलुब कवडिया ३२४, नेकपा एसका मोहम्मद इबरार खाँले १३२ मत र नेकपा एमालेका सन्तोष कुमार लखेरले १०८ मत पाउँदै छठाँै स्थानमा समेटिए ।
यस्तै वडासदस्यमा राप्रपाका राजेश कुमार बैश्य ५१६, काँग्रेसका जितेन्द्र कुमार गुप्ताले ४८८, महिला सदस्यमा काँग्रेसकी ६२९ र दलित महिला सदस्यमा सविता बाल्मीकीले ५२१ मत पाउँदै विजयी भए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?