नेपालगन्ज ११ मा माओबादीका नन्दकिशोरले काँग्रेसका उज्जवललाई ५० मतले हाराए


नेपालगन्ज ११ मा माओबादीका नन्दकिशोरले काँग्रेसका उज्जवललाई ५० मतले हाराए

नेपालगन्ज ५ जेठ : नेपालगन्ज उपमहानगरपालिका वाड नम्बर ११ मा नेपाली काँग्रेसका उम्मेदवार उज्जवसिंह राठौर पराजित भएकाछन् ।

राठौर वडा नम्बर ११ का निर्वतमान वडाअध्यक्ष समेत हुन् । उनलाई नेकपा माओबादी केन्द्रका नन्दकिशोर कश्यप (कहार)ले ५० मतले हराए ।

नन्दकिसोरले कुल ६५५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राठौले ६०५ मत पाएका थिए ।

यस्तै राप्रपाका सलाउद्दीन जसगढले ३५१ मत पाउँदै तेस्रो, जसपाका मतलुब कवडिया ३२४, नेकपा एसका मोहम्मद इबरार खाँले १३२ मत र नेकपा एमालेका सन्तोष कुमार लखेरले १०८ मत पाउँदै छठाँै स्थानमा समेटिए ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै वडासदस्यमा राप्रपाका राजेश कुमार बैश्य ५१६, काँग्रेसका जितेन्द्र कुमार गुप्ताले ४८८, महिला सदस्यमा काँग्रेसकी ६२९ र दलित महिला सदस्यमा सविता बाल्मीकीले ५२१ मत पाउँदै विजयी भए ।