नेपलागन्ज ६ जेठ : बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका दुवै उम्मेदवार विजयी भएकाछन् ।
गत निर्वाचनमा नेकपा एमालेले जितेको जानकी गाउँपालिकालाई नेपाली काँग्रेसले यसपटक शानदार जित निकाल्दै आफ्नो किल्ला बनाउन सफल भएको हो ।
उक्त गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा काँग्रेसका उम्मेदवार झिनो मतले पराजित भएका थिए । अध्यक्षमा पराजित भएका खाँलाई काँग्रेसले यसपटक पुनः उम्मेदवार बनाएपछि निर्वाचित भएका हुन् । यसपटक खाँले नेकपा एमालेका हिमान्सु यादवलाई पराजित गरे ।
यस्तै रामप्यारीले एमालेकी भुमिसरा धिताललाई पराजित गरेकी छन् ।
अध्यक्षमा छब्बनले ६ हजार ५३ मत प्राप्त गर्दै विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमान्सु यादवले ४ हजार ७९५ मत प्राप्त गरे । यस्तै जसपाका राजिवकुमार कुर्मीले २ हजार ९३८ मत पाउँदा राप्रपाका श्याम बहादुर थापाले ७४२ मत पाए ।
उपाध्यक्षमा काँग्रेसकी रामप्यारी यादवले ६ हजार ९०९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भुमिसरा धितालले ३ हजार ४५६ मत ल्याउँदा नेकपा माओबादीका रक्षाराम कुर्मीले २ हजार २२९ र राप्रपाकी कुस्मा रैदासले ७ सय ७३ मत पाए ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी