जानकीमा काँग्रेसका खाँ र रामप्यारी निर्वाचित


जानकीमा काँग्रेसका खाँ र रामप्यारी निर्वाचित

नेपलागन्ज ६ जेठ : बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका दुवै उम्मेदवार विजयी भएकाछन् ।

गत निर्वाचनमा नेकपा एमालेले जितेको जानकी गाउँपालिकालाई नेपाली काँग्रेसले यसपटक शानदार जित निकाल्दै आफ्नो किल्ला बनाउन सफल भएको हो ।

उक्त गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका हुन् ।

२०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा काँग्रेसका उम्मेदवार झिनो मतले पराजित भएका थिए । अध्यक्षमा पराजित भएका खाँलाई काँग्रेसले यसपटक पुनः उम्मेदवार बनाएपछि निर्वाचित भएका हुन् । यसपटक खाँले नेकपा एमालेका हिमान्सु यादवलाई पराजित गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै रामप्यारीले एमालेकी भुमिसरा धिताललाई पराजित गरेकी छन् । 

अध्यक्षमा छब्बनले ६ हजार ५३ मत प्राप्त गर्दै विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमान्सु यादवले ४ हजार ७९५ मत प्राप्त गरे । यस्तै जसपाका राजिवकुमार कुर्मीले २ हजार ९३८ मत पाउँदा राप्रपाका श्याम बहादुर थापाले ७४२ मत पाए ।

उपाध्यक्षमा काँग्रेसकी रामप्यारी यादवले ६ हजार ९०९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भुमिसरा धितालले ३ हजार ४५६ मत ल्याउँदा नेकपा माओबादीका रक्षाराम कुर्मीले २ हजार २२९ र राप्रपाकी कुस्मा रैदासले ७ सय ७३ मत पाए ।