डुडुवा (बाँके) ६ जेठ : स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गरे ।
बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराए ।
सपथ लिएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउनेछन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ । सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराएका थिए ।
डुडुवामा जनता समाजबादी पार्टी(जसपा) नेपालले ३, नेकपा एमालेले २ र नेपाली काँगे्रसले १ वटा वडा जितेकोछ ।
जसमा १ मा काँग्रेसका पटेश्वरी कुर्मी, २ मा जसपाका दुर्गा प्रसाद बर्मा, ३ मा जसपाका अमोद कुमार तिवारी, ४ मा जसपाका सगिर खाँ, ५ मा एमालेका झंकबहादुर थापा र ६ मा एमालेका मोहनराम मिश्र विजयी भएकाछन् ।
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था