नेपालगन्ज ८ जेठ : देशभर कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको हो ।
जसअनुसार नेपाली काँग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ । काँग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ ।
यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १२१ अध्यक्ष पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जित्दा अझैपनि प्रमुख २ पालिकामा अग्रता कायमै राखेको छ ।
यसैगरि एकीकृत समाजवादीले ९ प्रमुख जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् । भने गाउँपालिकातर्फ जसपाले २० स्थानीय तह जित्दा एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जित हासिल गरेका छन् ।
हाल साना पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले विभिन्न पालिकामा १५ स्थानमा अग्रता बनाएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अहिले पनि मतगणना जारी छ । निर्वाचन सम्पन्न भएको ९ दिन बित्दासमेत अन्तिम मत मरिणाम घोषणा हुन सकेको छैन ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?