नेपालगन्ज ८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले सपथ लिएका छन् ।
विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराएका हुन् ।
विष्ट बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
आफूले सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई लगायत २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराएका थिए ।