एकैपटक बाँकेका चार पालिका अध्यक्षहरुले सपथ लिए


एकैपटक बाँकेका चार पालिका अध्यक्षहरुले सपथ लिए

नेपालगन्ज ८ जेठ : स्थानीय तह निर्वाचनमा नवनिर्वाचित बाँकेका चार जना वडाअध्यक्षले सपथ लिएकाछन् । यसरी सपथ लिनेमा बाँकेका ४ गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरु रहेकाछन् ।

नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा ४ गाउँपालिका अध्यक्षहरु तप्तबहादुर पौडेल, प्रकाशबहादुर शाही, छब्बन खाँ र मोहम्मद इस्तियाक अहमद शाह रहेकाछन् ।

पौडेल राप्तीसोनारी गाउँपालिका, शाही बैजनाथ गाउँपालिका, खाँ जानकी गाउँपालिका र शाह नरैनापुर गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष हुन् । जसमा नरैनापुरका शाह गाउँपालिका अध्यक्षमा पुनः दोहोरिएका हुन् ।

उनीहरुलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराएका हुन् । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट उनीहरु अध्यक्षमा निर्वाचित भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

सपथ लिएका चारवटै पालिकाका अध्यक्षले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउनेछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ । सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ ।