नेपालगन्ज ८ जेठ : बाँकेको कोहलपुर नगरपालिकाको नगर प्रमुखमा पुर्ण आचार्य र उपप्रमुखमा संगिता सुवेदी निर्वाचित भएकी छिन् ।
आचार्यले नेकपा एमालेका खिलप्रसाद भुसाललाई पराजित गर्दै कोहलपुर नगरप्रमुखमा निर्वाचित बने । यस्तै गठबबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नरेन्द्र न्यौपाने तेस्रो भए ।
यसैगरी नगर उप–प्रमुखमा काँग्रेसकी सुवेदीले एमालेकी अस्मिता थारुलाई पराजित गरिन् । भने गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीकी नारायणी ओली तेस्रो भइन ।
कोहलपुर नगरप्रमुखमा विजयी पूर्णले कुल १४ हजार १३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खील प्रसाद भुसालले १२ हजार २०५ मत प्राप्त गरे । पूर्ण र भुसालबीच एक हजार ९२९ मतान्तर रहेकोछ ।
यस्तै गठबन्धनबाट उम्मेदवार बनेका माओबादीका नरेन्द्र न्यौपानेले ९ हजार ७२५ र राप्रपाका प्रदीपकुमार शाहले २ हजार ३६६ मत प्राप्त गरे ।
कोहलपुर नगर उपप्रमुखमा नेपाली काँग्रेसकी संगिता सुवेदीले १४ हजार ७३ मत प्राप्त गर्दै विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी अस्मिता कुमारी थारुले १३ हजार ५१७ मत प्राप्त गरिन् । संगिता र थारुबीच ५५६ मतान्तर रहेकोछ ।
यस्तै गठबन्धनबाट माओबादीकी नारायणी ओलीले ५ हजार ४२ मत प्राप्त गरिन भने राप्रपाकी साबित्री भुषालले २ हजार ५८७ मत प्राप्त गरिन् । यसअघि कोहलपुर नगरपालिकाको प्रमुखमा एमालेका लुटबहादुर रावत र उपप्रमुखमा नेपाली काँग्रेसकी सञ्जुकुमारी चौधरी विजयी भएका थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?