डुडुवा (बाँके) ८ जेठ : बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।
जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आईतबार एक कार्यक्रमकाविच डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र सदस्यलाई सपथ खुवाएका हुन् ।
सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, निर्वाचन अधिकृत फडिकराज मुडभरी लगायतको उपस्थिती रहेको थियो । सपथ कार्यक्रममा अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा डुडुवा गाउँ कार्यपालिकाको महिला र दलित एवम् अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि कार्यक्रमको सूची तालिका प्रकाशन गरिएको थियो । सूची अनुसार जेठ ९ गते १३ गतेसम्मको निर्वाचन प्रक्रिया निर्धारण गरिएको निर्वाचन अधिकृत मुडभरीले बताउनुभयो । सोका लागि जेठ १३ गते सदस्य पदको निर्वाचन हुनेछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?