डुडुवाको अध्यक्ष र उपाध्यक्ष जितेको काँग्रेस कार्यपालिका सदस्य हार्यो


डुडुवाको अध्यक्ष र उपाध्यक्ष जितेको काँग्रेस कार्यपालिका सदस्य हार्यो

डुडुवा (बाँके) १३ जेठ : बाँकेको डुडुवा गाउँ कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनपछि शुक्रबार भएको कार्यपालिका सदस्य निर्वाचनमा काँग्रेस हारेको हो । गाउँ कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमाले र जसपाबीच गठबन्धन भएको थियो ।

डुडुवाका प्रमुख निर्वाचन अधिकृत फटिकराज मुडभरीले जारी गरेको अन्तिम मतपरिणम सहितको नतिजा अनुसार डुडुवामा एमाले र जसपाका ३/३ जना गाउँ कार्यपालिका सदस्यमा विजयी भएका छन् ।

दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल र जसपाका समसुद्दिन सल्मानी विजयी भएका छन् । जयसवालले २४ मत र सल्मानीले २३ मत प्राप्त गरेका थिए र उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपराज लोनियाले ८ र धर्मपाल चमारले ९ मत प्राप्त गरेका थिए ।

यसैगरी गाउँकार्यपालिका सदस्य महिलामा एमालेकी जयन्ती महावत २४, लीला सुनार २४, जसपाकी छवरानी यादव २४ र सकिना बेगम २४ मत प्राप्त गरी विजयी भएका छन ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कनिकतारा पासिनले ८ र शुष्मा यादवले ८ मत प्राप्त गरेको डुडुवाको मुख्य निर्वाचन अधिकृत मुडभरीले बताए ।

डुडुवा गाउँपालिकामा ६ वटा वडा रहेकाछन् । जसमा नेपाली काँग्रेसले अध्यक्ष तथा उपाध्यक्ष र एक वडा जितेको छ । जसपाले ३ वडा र एमालेले २ वडामा जित हासिल गरेको छ । अध्यक्ष र उपाध्यक्ष चौधरी र शाहिदा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।