गुलरिया(बर्दिया) १५ जेठ : नेपाली जनताले हिन्दुराज्य र संवैधानिक राजतन्त्रको आशा नमारेको राष्ट्रिय प्रजातन्त्र पार्टिले निष्कर्ष निकालेको छ । राप्रपाको ३३ औं स्थापना दिवसका अवसरमा बर्दियाको गुलरियामा आयोजित कार्यक्रममा बोल्दै अधिकांस वक्ताहरुले सो निष्कर्ष निकालेका हुन् ।
राप्रपा केन्द्रिय सदस्य सुर्यबहादुर सिंहले स्थानीय तहको निर्वाचनमा राप्रपाले विभिन्न दलका गठबन्धनकाविच पनि सम्मानजनक मत प्राप्त गरेको भन्दै यसलाई सम्मान गर्दै आगामी संघीय तथा प्रदेशको निर्वाचनका लागी तयारीमा जुट्न आग्रह समेत गरे ।
राप्रपाका नेता धर्मराज शाहले पार्टिको केन्द्रिय नेतृत्वमा नयाँ अनुहार आएसंगै जनमानसले धेरै अपेक्षा तथा आशा गरेका कारण त्यसलाई दिगो बनाइराख्नका लागी पार्टिले उठाएको मुद्दालाई गम्भीरताका साथ जनताको विचमा लैजानु पर्ने बताए ।
राप्रपा बर्दियाका अध्यक्ष भिमबहादुर बोहराले पार्टिको ३३ वर्षको अवधिमा धेरै किसिमका उतारचढाव भएका बताउँदै पार्टि स्थापना दिनदेखि आजसम्म फुट जुटको अवस्थामा रहिरहेका बेला पनि आम जनताले पटक–पटक विश्वास गरेपनि त्यो विश्वासलाई कामय राख्न केन्द्रका नेताहरुले नसकेकै कारण पार्टि यो अवस्थामा आइपुगेको हुँदा अब फेरि जनताले विश्वास गरेका कारण त्यसलाई सम्मान गर्न कन्जुस्याँई गर्न नुहने बताए ।
राप्रपाका युवा नेता तथा गुलरिया नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार सुजित श्रीवास्तवले ठुला पार्टिको जस्तो गुट उपगुट राखेमा पार्टिले गति लिन नसक्ने बताउँदै स्थानीय तहको निर्वाचनमा जनताले गरेको विश्वासलाई कायम राख्न आजको आवश्यकता भएको बताए ।