नेपालगन्ज १६ जेठ : राप्तीसोनारी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमाले निर्वाचित भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र राप्रपाबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले एक्लै भिडेको थियो ।
तीन दलिय गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कार्यपालिका सदस्यमा एमालेबाट यमकुमारी ओली, राधिका सुनार, गोत्रकुमारी डाँगी, सुमित्रा कुमारी थारु, केशव दमाई र थान बहादुर बिक निर्वाचित भएका छन् ।
निर्वाचित भएका एमाले उम्मेदवारले २७÷२७ मत पाएका छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार भएका नुमा बिक, कमला बिक, मिना कुमारी बुढा, प्रदिपकुमार रजक, धनबहादुर बिक र लक्ष्मी चौधरीले २०÷२० मत प्राप्त गरे ।
नुमा, कमला र मिना माओवादी केन्द्रका तर्फबाट प्रदिप र धनबहादुर काँग्रेसका तर्फबाट तथा लक्ष्मी राप्रपाका तर्फबाट उम्मेदवार बनेका थिए । कानूनी ब्यवस्था अनुसार गाउँ कार्यपालिका सदस्यमा निर्वाचित वडा सदस्य मध्येबाट ४ जना र दलित÷अल्पसंख्यकबाट २ जना निर्वाचित हुन्छन् ।
कुल ९ वटा वडा रहेको राप्तीसोनारीमा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषासिंह थारुसहित ४७ जनाले मतदानमा सहभागिता जनाएका थिए । कार्यपालिका सदस्य निर्वाचित भएसँगै गाउँ कार्यपालिका (बोर्ड) ले पूर्णता पाएको छ । राप्तीसोनारीमा अब १७ सदस्यीय स्थानीय सरकार बनेको छ ।
कार्यपालिकामा अब एमालेको ११, नेकपा माओवादी केन्द्रको ३, नेपाली काँग्रेसको २ र राप्रपाका १ जना सदस्य हुनेछन् । कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?