नेपालगन्ज १६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा काँग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् ।
उपमहानगरपालिकामा ८ जना कार्यपालिका सदस्य चयन गर्न सोमबार मतदान भएको थियो ।
निर्वाचनमा काँग्रेसकी अमृता कुमारी सिंह, पुष्पा सिंह, संगिता रेग्मी, जनता समाजवादी पार्टीकी शोभा खटिक, बसन्तकुमार कनोजिया र मोहम्मद मुजस्मिल हुसैन हल्वाई तथा राप्रपाकी विना थापा र विक्रम चिडिमार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । उनका अनुसार काँग्रेस र जसपाका ३÷३ जना र राप्रपाका २ जना निर्वाचित भएका छन् ।
निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकिकृत (नेकपा समाजवादी) र राप्रपाबीच गठबन्धन बनेको थियो । यस्तै जसपा र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो ।
काँग्रेस, माओवादी, एकिकृत नेकपा समाजवादी र राप्रपाबीच बहुमत सदस्य हुँदा पनि उनीहरुका तीन जना उम्मेदवारले चुनाव हारेका छन् ।
कुल २३ वटा वडा रहेको नेपालगन्जमा नगर प्रमुख र उपप्रमुख सहित १ सय १७ जना मतदाता थिए । यसमध्ये काँग्रेस, माओवादी, राप्रपाका गरी ६७ जना मतदाता रहेका थिए ।
यसअघि उपमहनगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा काँग्रेस, माओवादी, जसपा, नेकपा एकिकृत समाजवादी र जनमोर्चाबीच गठबन्धन बनेको थियो, भने एमाले र राप्रपा एक्ला एक्लै लडेका थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?