बैजनाथको कार्यपालिकामा काँग्रेस बलियो


बैजनाथको कार्यपालिकामा काँग्रेस बलियो

बाँके(बैजनाथ) १६ जेठ : बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा काँग्रेसका उम्मेदवारले जितेका छन् ।

निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्ण कुमारी बिक, रुपा रावत र भुमिसरा राना रहेका छन् । अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

नवनिर्वाचित कार्यपालिका सदस्यले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । कुल ८ वटा वडा रहेको बैजनाथमा काँगे्रेसले ४ वटा वडा जितेको छ, भने एमाले र माओवादी केन्द्रले २/२ वटा वडा जितेका छन् ।

कुल १६ सदस्यीय कार्यपालिकामा यो हिसाबले काँग्रेसले स्पष्ट बहुमतको सरकार पाएको छ । कार्यपालिकामा काँग्रेसका १२ जना, एमाले र माओवादीका २/२ जना सदस्य पुगेका छन् । २०७४ को निर्वाचनमा बैजनाथमा एमालेले बहुमतको सरकार चलाएको थियो ।