बाँके(बैजनाथ) १६ जेठ : बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा काँग्रेसका उम्मेदवारले जितेका छन् ।
निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्ण कुमारी बिक, रुपा रावत र भुमिसरा राना रहेका छन् । अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यपालिका सदस्यले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । कुल ८ वटा वडा रहेको बैजनाथमा काँगे्रेसले ४ वटा वडा जितेको छ, भने एमाले र माओवादी केन्द्रले २/२ वटा वडा जितेका छन् ।
कुल १६ सदस्यीय कार्यपालिकामा यो हिसाबले काँग्रेसले स्पष्ट बहुमतको सरकार पाएको छ । कार्यपालिकामा काँग्रेसका १२ जना, एमाले र माओवादीका २/२ जना सदस्य पुगेका छन् । २०७४ को निर्वाचनमा बैजनाथमा एमालेले बहुमतको सरकार चलाएको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?