नेपालगन्ज १७ जेठ : स्थानीय तह निर्वाचनमा असहयोग गर्ने नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेस बाँकेले स्पष्टीकरण सोध्न सिफारिस गरेको छ ।
नेपाली काँग्रेस बाँकेको जिल्ला अनुशासन शाखाले निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने तीन दर्जन नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्न जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।
वैशाख ३० गते भएको पालिका निर्वाचनमा पार्टीका उम्मेदवारलाई केही नेता तथा कार्यकर्ताले असहयोग गरेको अनुशासन शाखाको ठहर छ ।
जिल्ला अनुशासन शाखाका संयोजक टंकप्रसाद काफ्ले (आशिष) को अध्यक्षतामा मंगलबार बसेको बैठकले तल्ला कमिटीबाट आएका सिफारिसलाई अनुमोदन गर्दै जिल्ला कार्यसमितिलाई पठाएको छ । अब जिल्ला कार्यसमितिले उनीहरुलाई स्पष्टीकरण सोध्नेछ ।
स्पष्टीकरण चित्त नबुझे कारबाहीका लागि प्रदेश समितिलाई सिफारिस गर्ने काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताएका छन् ।
पालिकाको चुनावमा काँग्रेसका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेपछि तल्ला कमिटीले ती नेता तथा कार्यकर्ताहरुको नाम लिस्टिङ गरेर अनुशासन शाखामा पठाएको थियो ।
पालिकाको चुनावमा असहयोग गर्नेमा सबैभन्दा धेरै जानकी, नरैनापुर र नेपालगन्जका नेता तथा कार्यकर्ताहरु रहेको संयोजक काफ्लेले बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?