नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाबाट प्रहरीले ठूलो मात्रामा खसीबोका बरामद गरेकोछ । जिल्ला प्रहरी कार्यलय बाँके र वडा प्रहरी कार्यालय नेपलागन्जको टोलीले उक्त खसीबोका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बरामद गरेको हो ।
भारतबाट अबैधरुपमा भन्सार छलि नेपालगन्ज भित्र्याईका ६४ ओटा खसीबोका प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २, दैलेखी बङ्गलाबाट नियन्त्रणमा लिइएको थियो । भने अबैध खसीबोका ओसारपसारमा संलग्न ब्यक्तिहरु भने भागेको प्रहरीले जनाएकोछ ।
प्रहरीले पाएको सूचनाका आधारमा जाँचबुझ गर्दा विभिन्न नाकाबाट अबैधरुपमा खसीबोका ओसारपसार गरि दैलेखी बङ्गलामा जम्मा गरिरहेको अवस्थामा प्रहरीले शुक्रबार ५ बजे ती खसीबोका नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको खसीबोका आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएकोछ ।
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत