नेपालगन्ज ५ असार : विश्व सिकलसेल एनिमिया दिवस आईतबार बाँकेमा मनाइएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सिकलसेलबारे अभिमुखिकरण दिएर दिवस मनाइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा राप्तीसोनारी, बैजनाथ र कोहलपुर नगरपालिकाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।
स्वास्थ्यकर्मीहरुलाई भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसियन विभाग प्रमुख समेत रहेका सिकलसेल विज्ञ डाक्टर राजन पाण्डेले अभिमुखिकरण गरेका थिए ।
नेपालमा थारु समुदायमा बढी देखिएको यो रोग बाँके, बर्दिया, दाङलगायतका जिल्लामा बढी छ । १२० दिनसम्म बाँच्ने सामान्य रातो रक्तकोषहरु हसिया आकारको (विकृत) कोषमा परिणत भइ १५ देखि २० सम्म रक्त सञ्चारमा रहि नष्ट हुँदा शरीरमा रगतको कमी हुन जान्छ जसलाई सिकलसेल एनिमिया भनिन्छ ।
बिरामीको शरीरको हड्डी र जोर्नी पटकपटक दुख्न्, पटकपटक जण्डीस हुनु, रक्त अल्पता हुनु यसका लक्ष्ण हुन् । सिकलसेल न्यूनिकरणका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै परीक्षणको दायरा बढाउनु नै भएको चिकित्सकहरु बताउँछन् ।
बंशाणुगत यो रोगबाट जोगिन सिकलसेल भएका व्यक्ति व्यक्तिबीचको विहेबारी रोक्नु नै बुद्धिमता हुने सिकलसेल विज्ञ डाक्टर पाण्डेले बताए । पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोँच विचार गर्नुपर्ने भनिएको छ ।
बाहक–बाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उनको भनाइ छ । यही कुरा प्रत्येक स्वास्थ्यकर्मीले बिरामीलाई सिकाउन र बुझाउन उनको आग्रह छ ।
स्वास्थ्य कार्यालय बाँकेले आइतवार सेवा प्रदायक स्वास्थ्यकर्मीलाई सिकेलसेल र थालेसेमिया रोगको स्क्रिनिङ, परामर्श सेवा तथा व्यवस्थापनका लागि आयोजना गरेको अभिमुखिकरणमा सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै विहेवारी गर्न विशेषज्ञ डाक्टर पाण्डेले सुझाएका छन् ।
अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । तर, उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।
त्यसैले थारु समुदायमात्र होइन प्रत्येकको स्क्रिनिङ जरुरी रहेको डाक्टर पाण्डेको भनाइ छ ।
बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । त्यसैअनुसार स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत श्रेष्ठले बताए ।
थप समाचार
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ