थारु समुदायको मात्र होइन प्रत्येकको स्क्रिनिङ गर्न जरुरी छ : विशेषज्ञ डाक्टर पाण्डे


थारु समुदायको मात्र होइन प्रत्येकको स्क्रिनिङ गर्न जरुरी छ : विशेषज्ञ डाक्टर पाण्डे

नेपालगन्ज ५ असार : विश्व सिकलसेल एनिमिया दिवस आईतबार बाँकेमा मनाइएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सिकलसेलबारे अभिमुखिकरण दिएर दिवस मनाइएको हो ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा राप्तीसोनारी, बैजनाथ र कोहलपुर नगरपालिकाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

स्वास्थ्यकर्मीहरुलाई भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसियन विभाग प्रमुख समेत रहेका सिकलसेल विज्ञ डाक्टर राजन पाण्डेले अभिमुखिकरण गरेका थिए ।

नेपालमा थारु समुदायमा बढी देखिएको यो रोग बाँके, बर्दिया, दाङलगायतका जिल्लामा बढी छ । १२० दिनसम्म बाँच्ने सामान्य रातो रक्तकोषहरु हसिया आकारको (विकृत) कोषमा परिणत भइ १५ देखि २० सम्म रक्त सञ्चारमा रहि नष्ट हुँदा शरीरमा रगतको कमी हुन जान्छ जसलाई सिकलसेल एनिमिया भनिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

बिरामीको शरीरको हड्डी र जोर्नी पटकपटक दुख्न्, पटकपटक जण्डीस हुनु, रक्त अल्पता हुनु यसका लक्ष्ण हुन् । सिकलसेल न्यूनिकरणका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै परीक्षणको दायरा बढाउनु नै भएको चिकित्सकहरु बताउँछन् ।

बंशाणुगत यो रोगबाट जोगिन सिकलसेल भएका व्यक्ति व्यक्तिबीचको विहेबारी रोक्नु नै बुद्धिमता हुने सिकलसेल विज्ञ डाक्टर पाण्डेले बताए । पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोँच विचार गर्नुपर्ने भनिएको छ ।

बाहक–बाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उनको भनाइ छ । यही कुरा प्रत्येक स्वास्थ्यकर्मीले बिरामीलाई सिकाउन र बुझाउन उनको आग्रह छ ।

स्वास्थ्य कार्यालय बाँकेले आइतवार सेवा प्रदायक स्वास्थ्यकर्मीलाई सिकेलसेल र थालेसेमिया रोगको स्क्रिनिङ, परामर्श सेवा तथा व्यवस्थापनका लागि आयोजना गरेको अभिमुखिकरणमा सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै विहेवारी गर्न विशेषज्ञ डाक्टर पाण्डेले सुझाएका छन् ।

अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । तर, उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।

त्यसैले थारु समुदायमात्र होइन प्रत्येकको स्क्रिनिङ जरुरी रहेको डाक्टर पाण्डेको भनाइ छ ।

बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । त्यसैअनुसार स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत श्रेष्ठले बताए ।

थप समाचार

रगतजाँच गरेर ‘विवाह कुण्डली’ मिलाउनुहोस्