नेपालगन्ज: बाँकेको अगैयाबाट प्रहरीले ठूलो मात्रामा खसीबोका बरामद गरेकोछ ।
बुधबार बेलुका बाँके राप्ती सोनारी गाँउपालिकाको बैजापुरबाट अगैया हुदैं काठमाण्डौं लगिरहेका अबैध खसीबोका प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
प्रहरीले पाएको सूचनाका आधारमा चेकजाँच गर्दा बाँकेको अगैयाबाट रा १ ख १०९८ नम्बरको ट्रकमा लोड गरिएका १ सय ३१ वटा अबैध खसीबोका बरामद गरेको अगैया प्रहरी चौकीका ईन्चार्ज असई प्रेमप्रसाद शर्माले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका खसीबोका ट्रकमार्फत काठमाण्डौं लगिदैं गर्दा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अबैध खसीबोका तथा ढुवानीमा प्रयोग गरिएको रा १ ख १०९८ नम्बरको ट्रकलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बुझिएकोछ ।
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत