नेपालगन्ज : नेपाल जडिबुटी ब्यबसायी संघको अध्यक्षमा पुनः मोहम्मद याकुब अन्सारी विजयी भएकाछन् ।
लगातार उनी तेस्रो पटक संघको अध्यक्ष भएका हुन् । २० औं साधरण सभामा आईतबार भएको मतदानमा उनले निकटतम प्रतिद्वन्द्वी सकिल अहमद जसगढलाई ३७ मतले पछि पार्दै विजयी भए ।
अध्यक्ष अन्सारीले कुल ९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जसगढले ६१ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष पदमा भएको मतदानमा हाजी युनुस हल्वाई विजयी भएकाछन् । उनले ८५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी मानबहादुर ओलीले ७३ मत प्राप्त गरे । संघको महासचिवमा मोहम्मद रहीस हल्वाई निर्विरोध निर्वाचित भएका छन् ।
महासचिव लगायतका पदहरुमा निर्विरोध भएपनि अध्यक्ष र उपाध्यक्षमा भने निर्वाचन भएको हो । निर्वाचन तालिका अनुसार ११ बजेसम्म उम्मेदवारको दावी बिरोध नपरेपछि महासचिवमा हल्वाई, कोषाध्यक्षमा मोहम्मद असलम हल्वाई निर्विरोध भएका छन् । यस्तै कार्यसमिति सदस्यमा मोहम्मद सदाव हल्वाई, हफिजुर रहमान अंसारी, सन्तोषकुमार बर्मा, अख्तरअली हल्वाई, मोहम्मद ईद्रिस हलवाई, समीम हलवाई र मोहम्मद आजम हल्वाई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले बताएको छ । संघको मतदान लगत्तै गरिएको मतगणनाको सम्पूर्ण नतिजा राती ८ बजेभित्र सार्वजनिक गरिएको थियो ।