नेपालगन्ज: यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै उडान सुचारु हुन सकेको छैन ।
नेपालगन्जबाट यात्रु बोकेर काठमाडौं उडेको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको थियो ।
यति एयरको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको थियो।
विमानस्थल कार्यालयले २ बजेसम्म विमान हटाइसक्ने भने पनि अहिलेसम्म काम सकिएको छैन । विमान सुचारु नहुदाँ नेपाल आउँदै गरेका अधिकांश विमान डाइभर्ट गरिएको छ ।
अहिले विमान हटाउने प्रयास भइरहेको छ । जहाजको एउटा पांग्रा हिलोमा गाडिएका कारण निकाल्न कठिन भएको विमानस्थल जनाएकोछ । हिलो र अधिक वर्षाका कारण काममा ढिलाइ भएको हो । चिप्लिएको यतीको विमानमा ३ जना विमानदल सहित ६६ जना यात्रु सवार थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ । घाईते हुनेहरुमा को को थिए त्यो भने बताइएको छैन ।
धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान–अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।
वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएकोछ ।
ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी