नेपालगन्ज १ असोज : कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए ।
संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यको पाँच वर्षे कार्यकाल सकिएकाले सूचना निकालिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर