कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य


कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

नेपालगन्ज १ असोज : कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यको पाँच वर्षे कार्यकाल सकिएकाले सूचना निकालिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।