नेपालगन्ज: जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्त बहादुर लामा चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियारको सुर्खेत टोलीले लामालाई घुससहित पक्राउ गरेको हो ।
अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले सामुदायिक वनको काठको छुटपूर्जी दिलाईदिने भन्दै लामाले चार लाख रकम घुस लिँदै गर्दा पक्राउ गरिएको बताए ।
पक्राउ परेका लामालाई अख्तियारको नियन्त्रणमा राखिएकोछ । बाँकी कुरा थप अनुसन्धानबाट खुल्ने आयोगले जनाएकोछ ।
यसैबीच, शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख (शाखा अधिकृत)धनबहादुर ओली उपर अख्तियारले आरोप–पत्र दायर गरेकोछ ।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख (शाखा अधिकृत)धनबहादुर ओलीले शिक्षक सरूवा प्रक्रिया सहजिकरणको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले ओलीलाई सेवाग्राहीसँग नगद २५ हजार घुस सहित नियन्त्रणमा लिएको थियो ।
ओलीमाथि भएको अनुसन्धानबाट उनले नियमानुसार सरूवा गरिदिनुपर्नेमा सो नगरी आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक काममा ढिलासुस्ती गरी विभिन्न बहानामा सेवाग्राहीलाई बाध्य पारी घुषबापत २५ हजार लिएको पाइएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो २५ हजार कायम गरी निज धनबहादुर ओलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोएरालाद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी