पत्रकारद्वय जोशी र आचार्य पुरस्कृत


पत्रकारद्वय जोशी र आचार्य पुरस्कृत

नेपालगन्ज ११ असोज : स्वतन्त्र पत्रकार संघ बाँकेले दुईजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।

संघले ‘सृजनशील पत्रकारिता पुरस्कार–२०७९’ बाट पत्रकार निशु जोशी र ‘हरि जमुना स्वतन्त्र पत्रकारिता पुरस्कार’बाट पत्रकार रामप्रसाद आचार्यलाई पुरस्कृत गरेको हो ।

पत्रकारद्वयलाई स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संघका केन्द्रिय उपाध्यक्ष निरज गौतम, वरिष्ठ पत्रकार पूर्णलाल चुके, पुरस्कार संस्थापक माधवी शाहलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष नमस्कार शाहले स्वतन्त्ररुपले कलम चलाइरहेका पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने गरिएको बताए । संघले पत्रकारहरुलाई दलीय छायाँभन्दा बाहिर रहेर कलम चलाउन प्रोत्साहन गर्ने र स्वतन्त्र पत्रकारिताको पक्षमा वकालत गर्दै आएको उनले धारणा राखे ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष एवं उपाध्यक्षले पुरस्कृत पत्रकारहरुलाई बधाई र शुभकामना व्यक्त गरे । उनीहरुले स्वतन्त्र पत्रकार संघले पत्रकारहरुको स्वतन्त्रता र लेखनका व्यवसायीकताको पक्षपोषण गर्दै आएको बताए ।