विदेश बस्नेहरू को-को भए काँग्रेसको केन्द्रीय सदस्य?


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
विदेश बस्नेहरू को-को भए काँग्रेसको केन्द्रीय सदस्य?

नेपालगन्ज। विदेशस्थित नेपाली कांग्रेसको जनसम्पर्क समितिहरूबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। १५ औँ महाधिवेशनबाट जनसम्पर्क समितिहरूबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार महिला सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित भएका छन्। घिमिरेले ३ हजार ११३ मत ल्याउँदा अधिकारीले २ हजार ८९६ मत ल्याइन्। घिमिरे बेल्जियमकी हुन् भने चन्द्राले क्यानाडा र अमेरिकी क्षेत्रको प्रतिनिधित्व गर्छिन्। 

युरोप क्षेत्रअन्तर्गत नर्वेका जितेन्द्रविक्रम शाही १ हजार ४१२ मत पाएर विजयी भए। ओसियाना–अमेरिका क्षेत्रबाट १ हजार ९५१ मत ल्याएर विद्याभूषण कार्की निर्वाचित भए। मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल २ हजार ९४ मत ल्याएर निर्वाचित हुँदा प्यासिफिक क्षेत्रबाट डा। बलराम श्रेष्ठ १ हजार ९२० मत पाएर विजयी भए ।

भारतबाट बालकृष्ण पाण्डे ३ हजार ८२७ मतसहित विजयी भएका छन्। उनि नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पनि हुन्।